भारतले गहुँ र चिनी निर्यात रोक्दा नेपाली बजार प्रभावित
भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ। गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ। केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले फेरि चिनी निर्यातमा पनि रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्ने देखिएको छ।
भारतले खाद्यवस्तु गहुँ र चिनी निर्यातमा रोक लगाउँदा नेपालको खाद्य सुरक्षामा चुनौती थपिने र मूल्यवृद्धि हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। भारतले चिनी र गहुँ निर्यातमा रोक लगाउने निर्णय गरेको जानकारी आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सरकारले २०२२ जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ। गहुँ निर्यातमा यसअघि नै रोक लगाउने निर्णय भारत सरकारले गरेको थियो। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण