आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि प्रमुख विहीन
आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुख विहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ । केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि कार्यालय प्रमुख विहीन छ ।
कार्यालय प्रमुख नहुँदा काम ठप्प भएको स्वास्थ्य केन्द्र वैद्य गोर्खबहादुर रावतले जानकारी दिए । “लामो समयदेखि कार्यालय प्रमुखको अनुपस्थितिले हामीले तलबसमेत खान पाएका छैनौैँ”, दुखेसो पोख्दै वैद्य रावतले भने, “कार्यालय प्रमुखको मागका लागि अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आएको छु ।” उनका अनुसार आठ दिनसम्म सामाजिक विकास मन्त्रालय धाउँदा पनि त्यसको सुनुवाइ हुन सकेको छैन । पुसयता आर्थिक कारोबार सबै बन्द भएको हो । कार्यालय प्रमुख नहुँदा खरिद भएका औषधि प्रयोगशालाका सामग्री, फर्निचर खरिदको भुक्तानी हुन सकेको छैन । उपचार गर्न आएका सेवाग्राही औषधि तथा आवश्यक सामग्री नपाएर फर्किने गरेका छन् ।
उनले आयुर्वेदलाई आवश्यक फर्निचर, ल्याबका सामग्री र औषधि खरिदको भुक्तानीसमेत हुन नसक्दा पूँजीगत तथा वित्तीय प्रगति शून्य भएको बताए । केन्द्रका अनुसार १० महिना कटिसक्दा कार्यालयको पूँजीगत काम मर्मत सम्भार, डिपीआर निर्माण तथा मर्मत, औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका काम हुन सकेका छैनन् ।
वैद्य रावतका अनुसार मन्त्रालयले तलब, भत्ता, पोसाक, घरभाडा, बत्ती, बिजुली महसुल शीर्षक खर्च गर्नका लागि पत्र पठाएको थियो तर त्यस पत्रले करारका कर्मचारीले तलब नपाउने भएकाले समस्या भएको छ । सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक लक्ष्मीनारायण तिवारीले जुम्ला आयुर्वेद स्वास्थ्य केन्द्रको समस्या समाधानका लागि सचिव समक्ष विषय राखिसकेकाले अब आजभोलि नै समस्या समाधान हुने बताए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रको अवस्था अस्तव्यस्त भएको हुँदा प्रदेश सरकारसँग पहल गरिएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
-
विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
-
नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण