महानगर प्रमुखका उम्मेदवार जसले शून्य मत ल्याए
वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमतीको काठमाडौँ, ललितपुर र भरतपुर तथा गण्डकीको पोखरा महानगरपालिका गरी छ महानगरमा १६१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
यसरी ती प्रत्याशी आफू मत हाल्न गएनन् वा गए पनि अन्य उम्मेदवारलाई मत हाले वा प्रमुख पदमा मत नै नहालेर फर्किए । आफूलाई मत नहाल्नेमध्ये वीरगञ्जका छ र काठमाडौँका एक उम्मेदवार छन् । वीरगञ्जका शत्रुघ्न कुर्मी, सगिर अलि, कैलाश सर्राफ, सुनील कलवार, बिक्कीराज पटेल र फरोज आलमको कुनै मत आएन ।
काठमाडौँ महानगरपालिकामा मतगणनाको अन्तिम दिन राजन कार्की र जेठा महर्जनले एक–एक मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रोशन शाहीले भने मतगणनाको अन्तिम परिणाम आइसक्दा कुनै मत पाएनन् ।
त्यस्तै ४५ जना महानगर प्रमुखका दाबेदारको मत दोहोरो अङ्कमा पुगेको छैन । पोखराका एक उम्मेदवार रनबहादुर दमैले पाँच मत पाए । दोहोरो अङ्कमा मत नपाउनेमा वीरगञ्जमा २१, काठमाडौँमा १८ र भरतपुरमा छ जना छन् ।
प्रमुख वा अन्य पदका लागि मनोनयन दर्ता गराउँदा उम्मेदवारले सवारी साधनसहितका सुविधा उपयोग गर्न पाउँछन् । निर्वाचन निर्देशिकाले उम्मेदवारै पिच्छे नै सवारी साधनको सङ्ख्या तय गरेको हुँदा सशक्त उम्मेदवारले निर्देशिकाले तोकेकोभन्दा बढी सवारी साधन उपयोग गर्न ‘डमी’ उम्मेदवारको सहयोग लिँदै आएका छन् ।
निर्वाचन आयोगका आचारसंहितालाई छल्न सशक्त उम्मेदवारले नै आफ्नो ‘डमी’ उम्मेदवार दिएको अभ्यास विगतमा समेत देखिएको छ । यसरी शून्य मत वा केही मात्र मत पाउने उम्मेदवार ‘डमी’ उम्मेदवार हुनसक्छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण