धाकधम्की दिएर ७ करोड माग गर्ने ७ जना पक्राउ
शुक्रबार, १३ जेठ २०७९, १७ : ४५
धाकधम्की दिँदै ७ करोड माग गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । योजनाबद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर तथा भेटेरै धम्की दिएर ७ करोड माग्ने सुजन आचार्यसहित ७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरका सुजन आचार्यसहित, कालिकोटका टेक बिक, बझाङका धर्मराज थापा, गुल्मीका बसन्ता खनाल, काठमाडौंका श्रवण कार्की, काभ्रेका उमेश भण्डारी र चितवनका सुरज शर्मा रहेका छन् ।
प्रहरीले पीडितको परिचय भने खुलाएको छैन । आरोपीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेर आपराधिक मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण