संघीय बजेटको उपेक्षामा मुगु
आइतबार अपराह्न ४ बजे नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माले झण्डै २ घण्टाभन्दा लामो समय लगाएर संघीय बजेट सार्वजनिक गरे । १७ खर्ब ८३ अरब ८३ करोड बजेट सार्वजनिक गर्दा मुगुलाई समेटिने गरी खासै कार्यक्रम आउन सकेन ।
यहाँका सडक, पर्यटकीय स्थल, धार्मिक स्थल, ग्रामीण सडक होस वा पर्यटकीय मार्ग कुनै विषयलाई समेटिने गरी ठोस बजेट विनियोजन नगरिएको स्थानीयको गुनासो छ । वर्षौदेखि स्तरोन्नति हुन नसकेको नाग्म गमगढी सडक बजेटमा समावेश गरिए पनि खासै बजेट विनियोजित रकम कति हो भनेर तोकिएको छैन । अर्को कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारा र धार्मिक पर्यटकीय स्थल प्रसिद्ध धाम छायानाथ पर्यटकीय पथ मार्गको विकास लागि निजी क्षेत्रलाई अनुरोध गर्ने भनिए पनि कुन निकाय कसलाई भनिने कुनै निश्चित नगरिँदा यहाँका नागरिक अलमलमा परेका छन् । यसले मुगुलाई राज्यले सधैँ उपेक्षित गरेको बुझिन्छ ।
बजेटमा रारा खप्तड पर्यटकीय पथमार्ग, गमगढी नाक्चे लाग्ना सडक खण्ड र गोठिजिउला कालाकाडा खत्याड सडक लगायत नाम कतै सुनिएन । बर्सेनि संघीय बजेट सार्वजनिक गरिन्छ तर दुर्गम जिल्ला मुगुका कुनै गौरवका योजना कहिले समेटिँदैन । चीनको नाकासँग जोडिने गमगढी नाक्चे लाग्ना सडक होस वा संसारमा परिचित पर्यटकीय स्थल रारा र छायानाथ धाम जस्ता धार्मिक स्थलको लागि कहिले लोकप्रिय बजेट सरकारले ल्याउन नसक्नु मुगु र मुगाली जनतालाई सधैँ उपेक्षा गरिएको नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले बताए ।
गमगढी नाक्चेलाग्नासम्मको सडकको नामै नसुनिएको रारा छायानाथ पर्यटकीय पथमार्ग बनाउनबारे निजी क्षेत्रलाई आग्रह गरिने कुराले मुगुलाई साँच्चै संघीय सरकारले उपेक्षामा राखेको मल्लको भनाइ छ । वर्षेनी संघीय बजेट आउँछ जान्छ तर मुगु र मुगालीको लागि कुनै गौरवको योजना समेटिने गरी ठूलो बजेट सरकारले छुट्याउन सकेको छैन र कन्जुस्याइँ गरेको स्थानीयको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण