शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

मङ्गलबार, १७ जेठ २०७९, १३ : ०५
मङ्गलबार, १७ जेठ २०७९

गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई  नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । 

त्यस्तै पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र रु एक अर्ब २० करोड ६९ लाख बजेट  विनियोजन गरेको छ । 

जिल्लाका नौ पालिकामध्ये सिरानचोक गाउँपालिकाले रु ४५ करोड ८७ लाख समपूरक बजेट प्राप्त गरेको छ । त्यसबाहेक  अजिरकोट गाउँपालिकालाई आगामी वर्षका लागि रु ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले रु ४० करोड ४८ लाख बजेट प्राप्त गरेको छ । जिल्लाको गण्डकी गाउँपालिकाले रु ४५ करोड केन्द्रबाट समपूरक बजेट प्राप्त गरेको छ । जिल्लाको सबैभन्दा विकट गाउँपालिकाका रूपमा रहेको चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम १९ करोड ८२ लाख विनियोजन भएको छ  ।

त्यस्तै धार्चे गाउँपालिकाले रु २७ करोड ७४ लाख, भीमसेन थापा गाउँपालिकाले रु ३९ करोड १५ लाख प्राप्त गरेको छ भने बारपाक गाउँपालिकालाई रु ४० करोड ३० लाख छुट्याइएको छ । जिल्ला नौ गाउँपालिकालाई मात्र केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक बजेटअन्तर्गत कूल रु तीन अर्ब ३४ करोड ३३ लाख विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप