घाँस हरियो नै किन हुन्छ ?
धेरैजसो बच्चाले ठू्लालाई घाँस हरियो किन हुन्छ, निलो वा प्याजी किन हुन्न भनेर प्रश्न सोध्न् गर्छन् । यसको जवाफ निकै सजिलो छ, जुन तपाईंले दिनुभएको पनि होला । घाँस हरियो पिगमेन्ट ‘क्लोरोफिल’ का कारण हरियो हुन्छ । तर यसलाई अलि राम्रोसँग बुझ्नका लागि यहाँ थप जानकारी दिइएको छ ।
क्लोरोफिलका साथै घाँस हरियो रङको हुनुमा अर्गेनेल नामको सेलुलर कम्पोनेन्ट र सूर्यको प्रकाशले खाना बनाउने प्रक्रिया – फोटोसिन्थेसिसले पनि महत्वपूर्ण भूमिका निभाउँछ ।
साइन्स, ह्यूम्यानिटी एण्ड कल्चरको एक अनलाइन म्युजियम वेब एक्जिबिट्सका अनुसार स–साना अर्गेनेलमा क्लोरोप्लास्ट हुन्छ, जुन क्लोरोफिलको अणु हो । क्लोरोफिलको अणुको सेन्टरमा एउटा म्यानेसियम आयन हुन्छ जुन पोर्फिरिनसँग सम्बन्धित हुन्छ । पोर्फिरिन एउटा ठूलो अर्गानिक नाइट्रोजन अणु हो ।
क्लोरोफिल ग्रिक शब्द क्लोरसबाट लिइएको हो जसको अर्थ हो, पहेँलो–हरियो । क्लोरोफिलको अणुले प्रकाशबाट केही निश्चित वेभलेन्थलाई अवशोषित गर्ने गर्छ विशेषगरी रातो र निलो । रातो लामो वेभलेन्थ हुन्छ जबकी निलो छोटो वेभलेन्थ हो । इलेक्ट्रो म्याग्नेटिक स्पेक्ट्रमको हरियो क्षेत्र अवशोषित हुँदैन तर यो हाम्रो आँखामा प्रतिबिम्बित हुन्छ । जसका कारण घाँस हरियो देखिन्छ ।
क्लोरोफिल प्रकाश संश्लेषण अर्थात् फोटोसिन्थेसिसका लागि पनि आवश्यक हुन्छ । जसमा एउटा बिरुवा बढ्नका लागि सूर्यको ऊर्जाको प्रयोग गरेर कार्बन डाइअक्साइड र पानीलाई भोजन (सुगरको रुपमा) मा बदल्ने गर्छ ।
नेशनल जियोग्राफिकका अनुसार सुगर बनाउने यो प्रक्रिया क्लोरोप्लास्ट भित्र हुने गर्छ । यी संरचनाभित्र क्लोरोफिल ( र केही हदसम्म अन्य पिगमेन्ट) सूर्यको प्रकाशलाई अवशोषित गर्छ र त्यो प्रकाशबाट ऊर्जालाई एनर्जी स्टोर गर्ने दुई अणुमा ट्रान्सफर गर्ने गर्छ । त्यतिबेला बिरुवाले उक्त ऊर्जाको प्रयोग CO2 र पानीलाई सुगरमा परिवर्तन गर्नका लागि गर्छ । माटोमा पोषक तत्व र त्यो सुगरको प्रयोगले बोटबिरुवाले आफ्ना अन्य भागलाई हराभरा बनाउने गर्छ ।
Why is grass green? https://t.co/V8Bvs8CVSy
— Live Science (@LiveScience) May 28, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण