मेलम्चीको पानी अब कात्तिकदेखि
मनसुन सुरु हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द गरिएका छन् । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहानलगायत सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण बन्द गरी सुरुङका ढोका बन्द गरिएको हो।
मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले मङ् गलबारदेखि पानी पथान्तरण रोकी सुरुङमा पानी पठाउने एक, नौ र १० नम्बरका ढोका बन्द गरिएको जानकारी दिए। उनले बुधबार ३८ नम्बरको ढोकासमेत बन्द गरिने बताउँदै वर्षायाम सकिएसँगै आगामी कात्तिकदेखि पानी पुनः सुन्दरीजल पठाइने जानकारी दिए। उनले भने, “मौसमविद्हरूले बुधबारदेखि मनसुन सुरु हुने जानकारी दिएकाले आयोजनाको मुहान क्षेत्र संरक्षणका लागि सबै ढोका बन्द गर्न लागिएको हो।” सुरुङ मार्गमा पानी पथान्तरण रोकिएसँगै गत वर्षाको बाढीले क्षतिग्रस्त बनेका ढोका मर्मत गरिने छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण