यसकारण लोप भयो मेगालोडन सार्क
प्रागैतिहासिक खानाको लडाइँले मेगालोडोन सार्कको लोप भएको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छ । महासागरको विशाल मेगालोडनको जीवाश्म दाँतहरूको अध्ययनले यो सुझाव दिन्छ कि यसले अर्को क्रूर शिकारी ठूलो सेतो सार्कसँग खानाको लागि प्रतिस्पर्धा गर्नुपर्ने थियो । ह्वेल र अन्य सिकारको लडाइले मेगालोडोनलाई तीस लाख वर्षअघि लोप हुनेतर्फ धकेलिएको हुनसक्ने सोधकर्ताहरूको भनाई छ ।
समुद्री तहको परिवर्तनलगायतका वातावरणीय दबाबले पनि मेगालोडोनको लोपमा भूमिका खेलेको थियो । समुद्री सतहमा परिवर्तनका कारण वासस्थान गुमाउनेदेखि सिकारको कमी लोपका कारण भएको जनाइएको छ । धेरै वर्षअघि लोप भएको जनावरको खानेकुरा बुझ्नका लागि अन्तर्राष्ट्रिय अन्वेषकहरूले जीवित र मरेका सार्कहरूको दाँतका जिङ्क आइसोटोपलाई एउटा माध्यमको रूपमा प्रयोग गरेका थिए ।
जीवित सार्कमा देखिएको रसायनिक संकेत र मेगालोडोनको दाँतको १३ जिवाश्मले यो सुझाव दिएको छ कि खानेकुराको सञ्जालमा ठूला ह्वाइट सार्क र मेगालोडोनको समान स्थान थियो र सम्भवत उनीहरुले ह्वेल, डल्फिनएउटै खानेकुराका लागि संघर्ष गरेका थिए । जलवायु परिवर्तन र अन्य वातावरणीय दबाबसँगै खानेकुराको संघर्षका कारण उनीहरुको लोप भएको हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ ।
जर्मनीको जोहानेस गुटेनबर्ग युनिभर्सिटीका प्राध्यापक थोमस टुटकेनले भने, ‘ दुवै जीवित हुँदा आधुनिक ठूलो सेतो सार्क र मेगालोडोन बीच समुद्रमा जलीय खाद्य स्रोतहरूमा प्रतिस्पर्धा थियो ।’ नेचर कम्युनिकेसन्समा प्रकाशित अनुसन्धानमा टिप्पणी गर्दै स्वान्सी युनिभर्सिटीकी क्याटालिना पिमिएन्टोले मेगालोडोनको थप रहस्य सुल्झाउन थप अध्ययन गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण