फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन बजेटबाट खुसी
आर्थिक वर्ष २०७९।८० को बजेटमा आफूले विगतमा उठाउँदै आएका विषयहरूमध्ये केही विषयहरू सम्बोधन भएकोमा यस फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले खुसी व्यक्त गरेको छ ।
बजेट वक्तव्यमा आयातलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको वृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवर्द्धनका लागि निजी क्षेत्रको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने र जुत्ता चप्पलको क्षेत्र आत्मनिर्भर बन्न सक्ने क्षेत्र रहेको विषय बजेटमा महत्त्वका साथ उल्लेख गरिनुले यस क्षेत्रका उद्योगी व्यवसायीमा थप उत्साह थपिएको सङ्घको भनाई छ ।
यसैगरी स्वदेशमा उत्पादित जुत्ता चप्पल निर्यातमा दिइने अनुदानमा वृद्धि, बैंकबाट प्रवाह गरिने ऋणमा औद्योगिक र व्यावसायिक रूपमा वर्गीकरण गरी औद्योगिक ऋणमा विशेष सहुलियत दिने, रोजगारी सिर्जना गर्न कार्यस्थलमा आधारित तालिमका निमित्त बजेट विनियोजन लगायतका विषयहरू सकारात्मक रहेको बताउँदै यसले आयातलाई निरुत्साहित गर्दै स्वदेशमा नै उत्पादकत्व अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै लैजान बाटो तर्फ अगाडी बढी रहेको सन्देश दिन खोजिएको सङ्घले जनाएको छ ।
यद्यपि फुटवेयर क्षेत्रमा न्यून लगानी भएका उद्योगीहरूका लागि बजारीकरण गर्न समस्या भएको र देशका कुना कुना सम्म सामान पु¥याउन नसकेको अवस्थामा बजारीकरण र प्रवर्द्धनका लागि कुनै किसिमको सहुलियत एवं कार्यक्रमका बारेमा बजेटमा सम्बोधन नभएको सङ्घको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण