आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

माओवादीबाट बागी उम्मेदवारी दिएर जितेका केसी पार्टीमै फर्किए

बिहीबार, १९ जेठ २०७९, १४ : ३६
बिहीबार, १९ जेठ २०७९

नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएर जितेका कालिकोटको सानी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी पुनः पार्टीमै फर्किएका छन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीका डम्बरबहादुर शाहीलाई पराजित गर्दै बागी उम्मेदवारी दिएका केसी निर्वाचित भएका थिए ।

पुतली चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएर जितेका केसीले शाहीलाई ४८५ मतले पराजित गरेका हुन् । स्वतन्त्र उम्मेदवारी दिएर जितेपछि केसी बुधबार र बिहीबारको पार्टी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौं आएका छन् ।

बिहीबार केसीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुमलटारै गएर भेटेका छन् । प्रचण्डले समेत स्वतन्त्र उम्मेदवारी जितेका केसीलाई बधाई तथा शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ । अब माओवादीले जितेका कुल स्थानीय तह १२२ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप