ललितपुरमा माओवादी र एकीकृत समाजवादीका सहित ४४१ उम्मेद्वारको जमानत जफत
गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा ललितपुरमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूसहित ४४१ जनाको जमानत जफत भएको छ । स्थानीय तह निर्वाचनमा खसेको मतको १० प्रतिशत मत नपाउने ललितपुरका ४४१ जना उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाका अनुसार एक हजार ४१५ जनाको उम्मेदवारी परेकोमा ९६९ जना उम्मेदवारले जमानत जोगाउन सफल भए ।
जमानत जफत हुनेमा महांकाल अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भगिरथ तिमल्सिना, महांकालकै अध्यक्ष उम्मेदवार राजनप्रसाद बञ्जारा, ललितपुर महानगरका विवेकशील साझाबाट मेयरका प्रत्यासी उज्वलकृष्ण श्रेष्ठ, महानगरकै राप्रपाका प्रत्यासी अष्टबहादुर महर्जनलगायत छन् ।
निर्वाचन प्रमुख धमलाका अनुसार ललितपुर महानगरमा सर्वाधिक १७७ जनाको जमानत जफत भएको छ भने कोञ्ज्योसोम गाउँपालिकामा सात जनाको मात्रै जमानत जफत भयो । ललितपुर महानगरमा जमानत जफत हुनेहरू १७७ जना रहेका छन् । महानगरको राप्रपाबाट मेयरका प्रत्यासी अष्टबहादुर महर्जन र विवेकशील साझाका उज्वलकृष्ण श्रेष्ठसहित ११ जना मेयरका उम्मेदवारको जमानत जफत भयो । जमानत जफत हुने उपमेयरका उम्मेदवार सात जना छन् ।
महानगरमा ५८६ जनाको उम्मेदवारी परेको थियो भने ४०८ जनाको जमानत रकम फिर्ता हुने भएको छ । गोदावरी नगरपालिकामा भने १९ जना मेयरका उम्मेदवारसहित १३७ जनाको जमानत जफत भएको छ । जसमा राप्रपाबाट अध्यक्ष प्रत्यासी राजकुमार महर्जन, मालेबाट मंगले पहारी,मजदुर किसान पार्टीका विष्णुभक्त महर्जनलगायत १३ जना स्वतन्त्र उम्मेदवारको समेत जमानत जफत भएको हो ।
गोदावरीमा जम्मा ३२३ जनाको उम्मेदवारी परेको थियो । यहाँ १८६ जनाले जमानत रकम पाउने भएका छन् । महालक्ष्मी नगरबाट जमानत जफत हुने ६९ जना छन् । यस नगरबाट पाँच जना मेयर र एक जना उपमेयर उम्मेदवारको जमानत जफत भयो । महालक्ष्मीमा २१९ जनाको उम्मेदवारी परेको थियो । १५९ जनाको जमानत जफत नभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
महांकाल गाउँपालिकाबाट ३१ जनाको जमानत जफत भयो । यस गाँउपालिकाबाट जमानत जफत हुनेहरूमा एकीकृत माओवादीका भगिरथ तिमल्सिना, नेकपा एकीकृत समाजवादीका राजनप्रसाद बञ्जारालगायत ७ जना हरेका छन् । उपाध्यक्ष तर्फ भने जनाको मात्र जमानत जफत भयो । राप्रपा र एकीकृत समाजवादीका उम्मेदवारहरुको मात्रै जमानत जफत भयो ।
महांकालमा १०५ जनाको उम्मेदवारी परेकोमा ७५ जनाले प्रतिशत मत पाएपछि जमानत जोगाए । बागमती गाउँपलिकामा राप्रपाका अध्यक्ष उम्मेदवार सानु महर्जन महर्जनसहित २० जनाको जमानत जफत भएको छ । बागमती गाउँपालिकाबाट राप्रपाबाट अध्यक्षका उम्मेदवारले १९ मत पाए । यस गाउँपालिकाबाट स्वतन्त्रबाट अध्यक्षका उम्मेदवारहरु रविन घिमिरे, सविन बल, मनोज राना, राजेश कुमार सान्जेलको जमानत जगत भयो । बागमतीमा ९३ जनाको उम्मेदवारी परेकोमा ७२ जनाले जमानत जोगाउन फित भए ।
कोञ्ज्योसोमबाट जमानत जफत हुने ७ जना मात्र छन् । यहाँ राप्रपाका अध्यक्ष मानबहादुर तामाङ र उपाध्यक्ष निर्मला लामाको जमानत जफत भयो । कोञ्ज्योसोममा ७९ जनाको उम्मेदवारी परेको थियो । यस पालिकामा जमानत जोगाउने ७० जना छन् ।
निर्वाचन कार्याल ललितपुरका अनुसार ९० दिनभित्र सम्पर्क गरे उम्मेदवारहरुले जमानत रकम फिर्ता पाउन सक्छन् । उम्मेदवारी दर्ताका क्रममा अध्यक्षले एक हजार ५ सय, वडाध्यक्षले एक हजार र वडा सदस्यले ५ सय जमानत राखेर उम्मेदवारी दर्ता गराउनु पर्छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्थित बनाउने बहानामा अव्यवस्थित काम (फोटो फिचर)
-
पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे
-
मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति
-
बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा
-
उद्योग र उद्यमशिलताको विकासविना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी
-
नयाँ भर्सनमा ‘जाउँ साइँली बेनी बजार’