कर्णालीका ७९ स्थानीय तहलाई २६ अर्ब बढी अनुदान
कर्णालीका स्थानीय तहहरुले आगामी आर्थिक बर्ष ०७९–८० का लागि २६ अर्ब भन्दा बढी बजेट अनुदान रकम पाएका छन् । संघीय सरकारले सार्वजनिक गरेको अनुदान बजेट अनुसार कर्णालीका ७९ वटा स्थानीय तहले २६ अर्ब ९५ करोड ६४ लाख रकम अनुदानस्वरुप पाएका हुन् । जसमध्ये सबैभन्दा बढी सुर्खेत जिल्लाका स्थानीय तहले अनुदान बजेट पाएका छन् । सुर्खेतका नौ वटा स्थानीय तहका लागि ४ अर्ब १६ करोड ४ लाख छुट्याइएको छ।
रुकुम पश्चिमका ६ स्थानीय तहले २ अर्ब ५१ करोड १९ लाख रकम पाएका छन । त्यस्तै, सल्यानका १० स्थानीय तहले ३ अर्ब ४३ करोड लाख ५८ लाख रकम पाउँदा डोल्पा ८ स्थानीय तहले १ अर्ब ८६ करोड ९० लाख रकम पाएका छन् । जुम्लाका ८ स्थानीय तहको लागि २ अर्ब ४७ करोड ५३ लाख रकम आएको छ भने मुगुका ४ स्थानीय तहका लागि १ अर्ब ३९ करोड ६४ लाख रकम प्राप्त भएको छ । हिमाली जिल्ला हुम्लाका ७ स्थानीय तहको लागि १ अर्ब ६८ करोड ७५ लाख, कालिकोट ९ स्थानीय तहको लागि २ अर्ब ७८ करोड ९१ लख रकम प्राप्त भएको छ ।
जाजरकोट ७ स्थानीय तहको लागि २ अर्ब ७५ करोड ४८ लाख रकम प्राप्त हुँदा दैलेखका ११ स्थानीय तहले ३ अर्ब ८७ करोड ५२ लाख रकम पाएका छन । संघीय सरकारले स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान र
समपूरक अनुदानमा रकम प्रदान गर्दै आएको छ । कर्णालीका अन्य जिल्ला भन्दा हिमाली जिल्लाहरुमा अनुदानस्वरुप पाउने बजेट कम रहेको छ ।
संघीय सरकारले प्रदेशहरूका लागि पनि बजेट छुट्याएको छ। कर्णाली प्रदेश सरकारले १८ अर्ब ३० करोड ६१ लाख रकम अनुदान पाएको छ । जसमध्ये चालु तर्फ १२ अर्ब ७९ करोड ४३ लाख र पुँजीगत अर्थात विकास बजेट ५ अर्ब ५१ करोड १८ लाख अनुदान पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण