पछि हट्यो क्यान, मौसमसम्बन्धी अनुमति लिनु नपर्ने
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने निर्णय फिर्ता लिएको छ। प्राधिकरणले प्राविधिक अध्ययन र आन्तरिक तयारी पूरा नगरी कार्यान्वयनमा ल्याउन समस्या भएपछि निर्णय फिर्ता लिएको हो।
प्राधिकरणले २७ जेठमा आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको फ्लाइट क्लियरेन्सका आधारमा मात्र उडान भर्न पाउने निर्णय गरेको थियो । १५ जेठमा पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै प्राधिकरणले १६ जेठमा उक्त निर्णय गरेको थियो । उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय प्राधिकरणले गरेको थियो । तर जल तथा मौसम विज्ञान विभागले इनकटको मौसम जानकारी गराउने प्राविधिक र उपकरण नभएकाले विवरण उपलब्ध असम्भव भएको बताएपछि पछि प्राधिकरण पछि हटेको हो। आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
-
कर्णालीमा असारे विकास : २१ दिनमा ३ अर्ब २० करोड बढी खर्च
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
-
मधेस सरकारकाे बजेट पुनर्लेखनकाे माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण