प्लाटिनम जुबली पार्टीमा सहभागी हुन किमले दिएको निवेदन अस्वीकार
लण्डनको बकिंघम दरबारमा हुने प्लाटिनम जुबली पार्टीमा सहभागिता जनाउनका लागि रियालिटी टेलिभिजन स्टार किम कार्दाशियनले दिएको निवेदनलाई दरबारका अधिकारीहरुले अस्वीकार गरेका छन् । ४१ वर्षीय किम हाल प्रेमी पिट डेविडसनका साथ लण्डनमा छिन् । यही मौकामा उनी पनि पार्टीमा उपस्थित हुने आँकलन गरिएको थियो । तर अधिकारीहरुले उनको निवेदनलाई अस्वीकार गरेपछि पार्टीमा सहभागी हुने उनको चाहना तत्कालका लागि तुहिएको छ ।
‘किमलाई कुनै पनि कार्यक्रममा सहभागिताका लागि निषेध गरिएको छ । त्यहीकारण उनी बेलायत खासै जाँदिनन् । सम्भवत यही कारणले अधिकारीले उनको निवेदनलाई अस्वीकार गरेका हुन्’, किम निकट स्रोतले भन्यो ।
कुल १० हजार टिकटको सार्वजनिक मतपत्रको माध्यमबाट यो शानदार पार्टीमा निमन्त्रणा गरिएको थियो । जसका लागि बेलायतमा प्रमुख व्यक्तिहरुलाई करिब ७ हजार ५ सय टिकट दिइएको थियो । यो पार्टीमा डायना रोस, नाइल रोजर्ससँगै सर डेविड एटनबरो र डेभिड बेकहम सहभागी हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण