प्रतिस्पर्धी मानिएका जसपा र लोसपासँगै चुनावी तालमेल गर्ने जनमत पार्टीको रणनीति
संघीय र प्रदेश निर्वाचन मंसिरभित्र गर्ने सरकारको तयारीपछि राजनीतिक दलहरुले चुनावी तालमेलको भित्री तयारी थालेका छन् । ठूला–साना दलहरु संघीय निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने तयारीमा छन् । यसै क्रममा मधेश प्रदेशमा आफ्नो प्रभाव पार्न सफल जनमत पार्टी मधेसवादी दलहरुसँगै चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ ।
पार्टीका नेता बिपी साहले स्थानीय निर्वाचनमा एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन नसकेको भन्दै संघीय निर्वाचनमा कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरू खुल्ला रहेको बताए । ‘यो वा त्यो पार्टीसँग तालमेल वा गठबन्धन गर्ने भन्ने विषयमा हामी संकीर्ण छैनौं । निर्वाचनका लागि जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्छ,’ नेता साहले भने ।
मधेस केन्द्रित दल भनिएका जसपा र लोसपासँग गठबन्धन वा तालमेल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा साहले भने,-‘लोसपा वा जसपाको जन आधार पनि मधेसमै देखियो । हाम्रो जन आधार पनि यही क्षेत्रमा छ । उहाँहरूसँग तालमेल भए झन् राम्रो ।’ पार्टीका नेताहरुले पनि मधेसवादी दलहरुसँगै सहकार्य गर्नुपर्नेमा जोड दिने गरेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण