दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने
सोमबार, २३ जेठ २०७९, ०७ : ०४
एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा कुवेतमा रहेका नेपाली दर्शकलाई प्रवेश दिइने भएको छ । नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादी स्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन् ।
कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौँ । नेपाली दर्शकको उपस्थितिले खेलाडीमा हौसला वृद्धि हुनेछ, अब्दुल्लाहले भने । नेपाली टिमले सोमबार साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ । कतारको दोहामा केहि दिनको अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टिम हिजो (शनिबार) कुवेत राजधानी कुवेत सिटीमा आइपुगेको छ । हाल टोलीमा २३ खेलाडीसहित नौ अधिकारी छन् । नेपालले कुवेतमा २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण