गीतकार तारा अधिकारीको 'ताँती' सार्वजनिक
बुधबार, २५ जेठ २०७९, ०८ : ५०
गीतकार तारा अधिकारीको नयाँ गीत 'ताँती'को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर छ ।
गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन बिजेश्वर राज तण्डुकारको छ । तास रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई राजेश्वर राज तण्डुकारले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा नाजिर हुसेन र दिप्सिना अधिकारीको अभिनय छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
सामान्य ग्रामिण परिवेशको बस्तीमा छायांकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । गीतले दर्शकको साथ पाउने विश्वास गीतकार तारा अधिकारीले गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण