माओवादीका लागि मत मागेको आरोप लागेपछि जसपा बैठकमै झडप
जनता समाजवादी पार्टी नेपाल धनुषा जिल्लाको चुनावी समीक्षामा दुई पक्षबीच कुटाकुट भएको छ । जनकपुरको एक होटलमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा हिजो बसेको समीक्षा बैठकमा जसपाका एक पक्षले माओवादीलाई मत दिएको आरोप लगाएपछि विवाद उत्पन्न भएर दुई पक्षको बीचमा कुटाकुट भएको थियो ।
समीक्षामा धनुषाको सवैला नगरपालिकाको प्रसंग उठेको थियो । त्यहाँ काँग्रेस र जसपाबीच गठबन्धन भएको थियो । तर चुनाव माओवादी केन्द्रका उम्मेदवारले जित्यो । सवैला नगरपालिका जसपा नगर अध्यक्ष वैद्यनाथ रायले पार्टीका केन्द्रीय सदस्य साधु यादवले पार्टीलाई सहयोग नगरेर माओवादी केन्द्रका लागि मत मागेको आरोप लगाएका थिए ।
अध्यक्ष रायले बैठकमा भनेका थिए, ‘पार्टीकै जिम्मेवार व्यक्ति साधु यादवले आफ्नो उम्मेदवारका लागि मत नमागेर माओवादी केन्द्रका लागि मत मागेको प्रमाण मसँग छ, पार्टी यसमा तुरुन्त एक्सन लिनुपर्छ ।’ गठबन्धनको उम्मेदवार हार्नुमा आफ्नै पार्टीबाट अन्तर्घात भएको भन्दै यसको मुख्य दोषी साधु यादव भएको भन्नेवित्तिकै उनीमाथि कुटपिट भएको थियो ।
बैठकमा रहेका साधु यादव पक्षका कार्यकर्ताहरुले वैद्यनाथ यादवमाथि कुटपिट गर्न थालेपछि दुई पक्षबीच झडप भएको धनुषा जिल्ला उपाध्यक्ष अम्भुप्रसाद यादवले बताए । उपाध्यक्ष यादवले भने, झडप र होहल्ला भएको हो, एक अर्कामाथि आरोप, प्रत्यारोप सुरु भएपछि माहोल गरम भएको थियो त्यसमा भडपको अवस्था सृजना भएको थियो ।
स्रोतका अनुसार साधु यादव माओवादी पृष्ठभूमीका हुन् । माओवादीका नेता मातृका यादव र साधु यादवबीच पहिलादेखि राम्रो सम्बन्ध थियो । सवैला नगरपालिकामा माओवादी केन्द्रका नेता मातृका यादवका दाई कारी यादव मेयरमा जितेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण