‘घनचक्कर’ ले बनायो नेपाल भाषामा प्रमोशनल गीत
पछिल्लो समय फिल्मको प्रचारका लागि निर्माता बिभिन्न भाषाको प्रमोशनल गीत समेत निर्माण गर्न थालेका छन् । यस्तैमा १० असारबाट रिलिजको तयारीमा रहेका फिल्म ‘घनचक्कर’ ले पनि प्रचारका लागि नेपाल भाषाको प्रोमोशनल गीत बनाएको छ । गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, सलोन बस्नेत, कश्मिरा लामा लगायत देखिएका छन् ।
बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द तथा स्वर छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्मका निर्माता करुना अर्याल र संगम भट्टको लगानी छ ।
भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह–निर्माताको रुपमा जोडिएका छन् ।
सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कश्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय देख्न सकिन्छ । फिल्म सुनिल मानन्धरले बितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण