यूईएफए नेसन्स लिग : पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
शुक्रबार, २७ जेठ २०७९, ०६ : २२
चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ । शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक-एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहीन रहे । बाँकी समय दुबै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।
जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्रो स्थानमा छ । आज नै भएको खेलमा स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेका स्पेन दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण