इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने !
सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ। सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लूबुक बोक्नैपर्ने र सवारी साधनको पुराने नम्बरका आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्न हुँदा इम्बोस्ड नम्बरको उपयोगिता तत्काल देखिएको छैन।
भेहिकल रजिस्टर प्रणाली (भीआरएस) लागू नहुँदासम्म पुरानै नम्बर आवश्यक रहने यातायात व्यवस्था विभागले जनाएको छ। सवारी साधनमा इम्बोस्ड नम्बर लिएपछि भीआरएसबाट सवारीको अवस्थाबारे अनलाइनबाट हेर्न मिल्छ। तर सडकमा ट्राफिक प्रहरीले जाँच गर्दा हाल भएका सबै कागजात देखाउनुपर्छ। विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले हाल सबै कागजात र प्रमाण कागजी फाइलमा रहेको र इम्बोस्ड नम्बर प्लेट लागू भएपछि डाटा केन्द्रीय प्रणालीमा रहने बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण