महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
आइतबार, २१ असार २०८३, २२ : ३८
काठमाडौँ । महिला टी–ट्वान्टी विश्वकपको फाइनल भिडन्तमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको छ । यससँगै अस्ट्रेलियाले उपाधि जित्नका लागि १५१ रनको लक्ष्य पाएको छ ।
इंग्ल्यान्डको ऐतिहासिक लर्ड्स मैदानमा भइरहेको यस फाइनल खेलमा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डका लागि कप्तान नैट साइभर–ब्रन्टले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ५८ रनको योगदान दिइन् । उनले ५३ बलको सामना गर्दै उक्त रन जोडेकी हुन् । त्यस्तै, फ्रेया केम्पले ४४ रन र ऐलिस क्याप्सीले २३ रनको महत्त्वपूर्ण इनिङ्स खेलिन् ।
बलिङतर्फ, अस्ट्रेलियाका लागि कप्तान सोफी मोलिनक्स, किम गार्थ, लुसी ह्यामिल्टन र एनाबेल सदरल्यान्डले समान १–१ विकेट लिन सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण