आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल

आइतबार, २१ असार २०८३, २१ : ५९
आइतबार, २१ असार २०८३

तनहुँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताएका छन्। तनहुँको दमौली र दुलेगौँडामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्तासँग छलफल गर्दै उनले तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने उल्लेख गरे।

मन्त्री लम्सालले जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पुर्‍याउन आग्रह गर्दै सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताए। उनले तनहुँका लागि रु चार अर्बको बजेटको सीमामा रहेर सडक र पुलको योजना ल्याउन सरोकार भएकाहरूलाई आग्रह गरे।

छलफलका क्रममा रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाको विकास, निर्माणका विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप