एमाले नेता थापाको निधन
आइतबार, २९ जेठ २०७९, ०६ : ५२
पाल्पाका पूर्व सांसद भद्रबहादुर थापा मगरको निधन भएको छ । पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता ७० वर्षीय थापाको आज बिहान निधन भएको हो ।
२०५६ सालको आम चुनावमा पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित थापाको रामपुर नगरपालिका-१० मा रहेको आफ्नै निवासमा निधन भएको हो ।
थापा केही वर्षअघिदेखि मुटुको रोगबाट ग्रसित थिए । २०६४ सालमा अन्तरिम विधायिका सदस्य रहेका थापा पछिल्लो समय नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यसमेत रहेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण