‘सीआईडी’का इन्स्पेक्टर बसमा लुटिए
चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर सचिनको भूमिका निभाएका ऋषिकेश पाण्डेसँग मुम्बईमा चोरी भएको छ । वास्तवमा अभिनेता आफ्नो परिवारसँग एसी बसमा घुम्न गएका थिए । सोही क्रममा कसैले उनको झोलाबाट नगद र कागजपत्र चोरेको थियो । यो घटना ५ जुनमा परिवारसँग ‘एलिफेन्टा केभ’ घुम्न गएका बेला भएको अभिनेताले बताए ।
यसबारे कुरा गर्दै ऋषिकेशले भने, ‘हामी साँझ ६ः३० बजे एसी बसमा बसेका थियौं, बसबाट ओर्लिनेबित्तिकै मैले आफ्नो झोला चेक गरेँ, त्यसपछि मेरो पैसा, क्रेडिट कार्ड, आधार कार्ड, प्यान कार्ड र कारका कागजातहरू छैनन्। मैले कोलाबा र मलाड पुलिस स्टेसनहरूमा घटनाको रिपोर्ट गरेको छु।’
अभिनेताले थप भने, ‘मैले सीआईडीमा इन्स्पेक्टरको भूमिका निर्वाह गरेको थिएँ । वास्तविक जीवनमा पनि मानिसहरु मसँग उहाँहरुको समस्या लिएर आउनुहुन्थ्यो र म उहाँलाई सहयोग गर्थें। अहिले म पनि लुटिएको छु। मलाई आशा छ कि प्रहरी विभागले यस घटनाको राम्रोसँग अनुसन्धान गर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण