नेपालगञ्जमा रगतको माग बढ्दो
पश्चिम नेपालको स्वास्थ्योपचार केन्द्र बन्दै गएको नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दै गएको छ । यहाँस्थित सरकारी अस्पताल भेरी र निजी क्षेत्रको शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका जनता स्वास्थ्योपचारका लागि आउने गरेका छन् ।
निजी क्षेत्रबाट सञ्चालित अन्य अस्पतालमा पनि बिरामीको चाप हुने गर्दछ । बिरामीको चाप बढ्दो रहेकाले रगतको माग पनि बढ्दै गएको नेपालगञ्जस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दए ।
उनका अनुसार नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले हाल मासिक करिब एक हजार पिन्टको हाराहारीमा रगतको आपूर्ति गर्दै आएको छ । केन्द्रले नेपालगञ्ज र कोहलपुरबाट सेवा दिइरहेको छ । क्यान्सर अस्पतालमा बिरामी आउने क्रम बढेपछि खजुरामा पनि रक्त सञ्चार केन्द्रको माग भइरहेको छ ।
बाँकेमा बेलाबेला रगत अभाव पनि हुने गर्दछ । अभावका बेला सङ्घसंस्थामा सम्पर्क गरेर रक्तदानका लागि आग्रह गर्दै आइरहेको जानकारी दिँदै रेग्मीले बाँकेमा पछिल्लो समय व्यक्तिगत र संस्थागतरूपमा रक्तदान गर्नेहरूको सङ्ख्या उल्लेख्य रहेको बताए ।
विसं २०३३ मा सात युनिट रगत सङ्कलन तथा आपूर्ति गर्दै सेवा सुरु गरेको रक्तसञ्चार केन्द्रबाट हाल वार्षिक १३ हजार पिन्ट रगत आपूर्ति भइरहेको सोसाइटीका वरिष्ठ कार्यक्रम प्रबन्धक दोलख डाँगीले जानकारी दिए ।
उनका अनुसार रक्त सञ्चार केन्द्र नेपालगञ्जमा संस्थागत र व्यक्तिगत गरी करिब आठ हजार स्वयंसेवी रक्त दाता आवद्ध रहेका छन् । रगतको माग र आपूर्ति दुवै बढेको छ । माग धान्नेका लागि अब बजार क्षेत्रमात्र नभई गाउँ–गाउँमा रक्तदानका लागि अभिप्रेरित गर्नुपर्ने अवस्था आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण