सुपर डान्सर नेपालको बुधबारबाट डिजिटल अडिसन
फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसनसकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ ।
काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक एडी रिलिजकी कम्युनिकेसन मेनेजर रश्मी अग्रवालले बताईन् । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।
छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिसन् राखिएको उनले बताइन् । फिजिकल अडिसन दिएका प्रतिस्पर्धीले डिजिटल अडिसन दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने र गुणस्तरीय हुनुपर्ने बताइएको छ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ । डिजिटल अडिशन असार ७ गतेसम्म हुनेछ ।
‘सुपर डान्सर’ अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो हो । नेपालको लागि औपचारिक रुपमा ‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रशारणको सर्वाधिकार एडी रिलिजको रहेको छ ।
एडी रिलिजले विभिन्न भूमिकामा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोज्दै उनीहरुको क्षमता विश्वसामु प्रस्तुत गर्ने जमर्को एडी रिलिजले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण