पार्टी प्रवेश गर्ने मेरो कुनै योजना छैन : रवीन्द्र मिश्र
विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू कुनै पार्टी प्रवेशको तयारीमा नरहेको बताएका छन् । विभिन्न सञ्चार माध्यममा मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेको समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै उनले सम्मिलन, एकीकरण र ध्रुवीकरणमा आफ्नो चासो रहेपनि पार्टी नै प्रवेश गर्ने योजना नरहेको बताए ।
'देशलाई शिरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव छ। देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा त्यो ‘स्पेस’ पुरै खाली छ।' उनले भनेका छन् -'जतिसुकै विकसित भए पनि हरेक देशमा अर्थ-राजनीतिक रूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक-सामाजिकरूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुन्छ। नेपालमा अहिले त्यस्तो पार्टी छैन।'
आफू एक्लै कतै जोडिएर सशक्त शक्ति निर्माण हुने सम्भावना नरहेकोले तत्काल कुनै राजनीतिक योजनामा आफू नरहेको मिश्रको भनाइ छ । 'म एक्लै कतै जोडिएर सशक्त शक्ति निर्माण हुने सम्भावना छैन', मिश्रले प्रेस नोटमा भनेका छन् 'तर सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि सम्मिलन, एकीकरण र ध्रुवीकरणमा भने मेरो चासो कायमै रहने छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण