दैलेख जिससको चुनाव विवादित : पराजित उम्मेदवारद्वारा पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट
सुर्खेत । दैलेखमा जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार बनेकी दुर्गा कुमारी श्रेष्ठले पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेकी छन् । काँग्रेसबाट बागी उम्मेदवार बनेका नमराज शाही जिसस प्रमुखमा निर्वाचित भएपछि अदालतको ढोका ढक्ढकाउन पुगेकी हुन् ।
श्रेष्ठले शाहीलाई स्वतन्त्र उम्मेदवारी दिन नपाउने रिट निवेदनमा दाबी गरेकी छन् । स्वतन्त्र हैसियतमा जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी दर्ता खारेज गरी पाऊँ भन्दै दिएको निवेदनसमेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले अस्वीकार गरेको उनको रिटमा उल्लेख छ ।
रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख, मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने, जिल्ला समन्वय समिति दैलेख, जिल्ला समन्वय समितिमा स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका नमराज शाही, स्वतन्त्र उम्मेदवारका प्रस्तावक सुन्दरकुमार केसी, समर्थक बिना कार्की, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ ।
रिटमा भनिएको छ, ‘स्वतन्त्र उम्मेदवारी दिई जिसस प्रमुखमा निर्वाचित शाहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २३ गते दर्ता गराएको मनोनयन पत्र, अन्तिम निर्वाचन मत परिणाम र समन्वय प्रमुखलाई भएको शपथग्रहण लगायत सबै गैरकानूनी कार्यलाई उत्प्रेरक आदेशले बदर गरी जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानुन बमोजिम निर्वाचन गराउन परमादेश जारी पाऊँ ।’
जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहणपछि मंगलवार पदभार ग्रहण समेत गरिसकेको छन् । गत जेठ २६ गते भएको जिल्ला समन्वय समिति निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाहीले १३ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार श्रेष्ठले ९ मत प्राप्त गरेकी थिइन् । स्वतन्त्र उम्मेदवारी दिएर जिसस प्रमुखमा निर्वाचित शाही काँग्रेस दैलेखका उपसभापति हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि काँग्रेसले साधारण सदस्य समेत नरहने गरी उनलाई पार्टीबाट निष्कासन गरिसकेको छ ।
शाहीलाई एमालेले साथ दिएको थियो । उपप्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार केशवबहादुर शाही निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६ का उत्कृष्ट ५० खेलाडीः स्पेनका मात्र ९ जना
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण