सयपत्री हाइड्रोपावरले खुलायो आईपीओ
विहीबार, ०२ असार २०७९, १० : ०६

सयपत्री हाइड्रोपावरले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँ अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो ।
सयपत्री हाइड्रोपावरको कूल चुक्ता पूँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ । जसमध्ये ३० प्रतिशत अर्थात ९ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको छ । यसमध्ये ३ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो ।
यस्तै, बाँकी ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाइने छ । जसमध्ये १२ हजार कित्ता आईपीओ कर्मचारीलाई र ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
कम्पनीले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकाका लागि आईपीओको बिक्री खुलाएको हो । यस्तै, गल्कोट नगरपालिकाका स्थानीयवासीले समेत आईपीओमा आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस
-
रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक
-
असहाय तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको चुक्तापुँजी पुग्यो ८ करोड
-
बागमती प्रदेशसभा : नीति तथा कार्यक्रम पारित
-
सहकारीबाट साढे ६ लाख चोरी