विवाह अगाडि राजले दिए ब्याचलर पाटी
बिहीबार, ०२ असार २०७९, ११ : ५१
हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा ‘राज’ को भूमिकाबाट चिनिएका कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिदैछन् । उनले मोडल सुनिसा बजगाइसँग विवाह गर्न लागेका हुन् । राज र सुनिशाको विवाह समारोह ७ असारमा आयोजना हुँदैछ । विवाह अगाडि राज र सुनिशाले ब्याचलर पाटी समेत दिएका छन् । उनीहरुले मंगलबार ठमेलको भिआइपी लन्चमा ब्याचलर पार्टी दिएका हुन् ।

ब्याचलर पार्टीमा दुबै नजिकका साथीहरुको सहभागिता रहेको थियो । बाल कलाकारको रुपमा अभिनय सुरु गरेर आफुलाई स्थापित गराउन सफल राजले अहिले सिए (चार्टर एकाउन्टेन्ट) को अध्ययन समेत सकाएका छन् । केहि म्युजिक भिडियोमा समेत काम गरेका राज र सुनिशाले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । सुनिशा पेशाले मोडल हुन् । तस्बिर : फेसबुकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण