अहिलेको समय अभिनेत्रीका लागि राम्रो छ – दीया
अभिनेत्री दीया मास्केले नेपाली फिल्मको अहिलेको समय अभिनेत्रीका लागि राम्रो समय भएको बताएकी छन् ।
उनले फिल्म धान्ने शक्तिको रुपमा महिलाले नेपाली फिल्ममा भुमिका पाउन थालेकोमा खुसी ब्यक्त गरेकी छन् । हलो काधमा बोकेर गोरु धपाउदै गरेको फिल्म ‘प्रकाश’ को एक पोष्टर समेत सार्वजनिक गर्दै उनले फिल्ममा आफ्नो सिताको भुमिका रहेको जानकारी दिएकी छन् ।
‘दीयाबाट सीता बनिरहँदा फिल्मको छायांकन स्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहन सङ्ग बानी पार्नु सजिलो पक्कै थिएन । तर कठिन हो भन्ने पनि कहिल्यै महशुस भएन’ दीयाले अगाडि भनेकी छन् ‘गरिरहेको काम प्रति इमान्दार नहुनु भनेको पात्रलाई गिज्याउनु हो भन्ने मलाई लाग्छ । आज प्रकाशको पोस्टर शेयर गरिरहँदा मन ढुक्क फुलेको महशुस गर्दैछु, यो सीता प्रतिको मेरो लगाव र गर्व दुवै हो ।’
फिल्ममा साहित्य चेत बढेसँगै अभिनयमा पनि एक प्रकारको गहिराइ आउन थालेको बताएकी उनले फिल्ममा महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, ‘फिल्म न्यारेटिभ’ को अभिन्न अङ्ग बन्न थालेको समेत उनको बुझाई छ ।
उनी अगाडि थप्छिन् ‘कथा छनौट र त्यसको उठानमा नै मेहनत गर्न कन्जुस्याई गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान दिँदैनौ । कहिले काहीँ त झन्, हाम्रा फिल्महरुमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतित हुन्छ । हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौँ । प्रकाशको टिजर हेरेर मलाई धेरैले मिठो प्रतिक्रिया दिनु भएको छ। फिल्मको आफ्नो कामलाई लिएर अहिले बोल्नु अलि हतारो होला । मात्र यति भन्छु, समय बदलिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण