वर्षौँको झगडापछि गोबिन्दाले भाञ्जा कृष्णालाई माफी दिँदै भने, ‘रिल्याक्स, तपाईंसँग केही समस्या छैन’
बलिउड अभिनेता गाबिन्दा र उनका भाञ्जा कृष्णा अभिषेकबीचको मनमुटाव समाप्त भएको छ । गोबिन्दाले भाञ्जा कृष्णालाई माफी दिएका छन् । रिसाएका मामालाई मनाउनका लागि कृष्णाले सार्वजनिक रुपमा थुप्रैपटक माफीसमेत मागेका थिए ।
मनिष पलको शोमार्फत् प्याचअपः
मनिष पलको पोडकास्टमा केही दिनअघि कृष्णाले रुँदै आफ्ना मामासँग माफी मागेका थिए । कृष्णापछि अब गोबिन्दाले मनिष पोलको शोमा उपस्थिति जनाएका छन् । यति नै बेला उनले आफ्ना भाञ्जालाई माफी दिएका छन् । मनिष पलले सोसल मिडियामा गोबिन्दाको एउटा भिडियो सेयर गरेका छन् जसमा उनले भनेका छन्, ‘कृष्णाले यहाँ आएर माफी मागेका गएका छन् । सर, यदि तपाईंले उनलाई केही भन्नु छ भने कृपया भन्नुहोस् । यो मेरो आग्रह हो ।’
गोबिन्दाले भाञ्जालाई माफी दिएः
गोबिन्दाले त्यसपछि कृष्णा अभिषेकको माफीबारे बोल्दै भने, ‘कृष्णाका लागि, आरतीका लागि, तपाईंहरु मेरी निकै प्रिय बहिनीका सन्तान हुनुहुन्छ । मैले आफ्नी बहिनीबाट असाध्यै धेरै माया पाएँ । तपाईंहरुले त्यो सुख भोग्न पाउनु भएन । यो कुराबाट म दुःखी छु । मेरो कुनै पनि व्यवहारले तपाईंहरु दुःखी हुनुहोस् भन्ने म चाहन्नँ । तपाईंका लागि सधैँ त्यो माफी छ । कृपया रिल्याक्स हुनुहोस्, तपाईंसँग कुनै समस्या छैन । भगवानले सधैँ तपाईंहरुको रक्षा गरुन्, मिहिनेत गरिराख्नु ।’
मनिष पोलको यो भिडियोमा कृष्णा अभिषेकले पनि प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘म पनि तपाईंलाई असाध्यै माया गर्छु ।’ त्यसपछि हास्यकलाकारले हार्टको इमोजी पनि सेयर गरेका छन् ।
कृष्णा अभिषेकले के भनेका थिए ?
कृष्णा अभिषेकले मनिष पलको शोमा मामा गोबिन्दासँग माफी माग्दै भनेका थिए, ‘चिची मामा, म तपाईंलाई असाध्यै माया गर्छु । तपाईंलाई धेरै नै मिस गर्छु । कहिल्यै पनि पत्रपत्रिका र अन्य कुरामा आएका कुरा विश्वास नगर्नुहोस् । म एउटै कुरा भन्छु कि म तपाईंलाई असाध्यै मिस गर्छु । म मेरा सन्तानहरु मेरो मामासँग खेलुन् भन्ने चाहन्छु ।’ आफ्नो कुरा भनिराख्दा उनी रोएका पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण