‘स्टुडियो थिएटर नेपाल’ नाटकघरमा ‘कथा कस्तुरी’
बिहीबार, ०२ असार २०७९, १३ : २६
गौशाला पिङ्गलास्थान स्थित नाटक घर ‘स्टुडियो थिएटर नेपाल’ मा नाटक ‘कथा कस्तुरी’ को मञ्चन भइरहेको छ । लेखक नयनराज पाण्डेको कथा ‘सर्पदंश’ मा आधारित नाटकको निर्देशन अभिनेत्री दीया मास्केले गरेकी हुन् ।
‘एक्टर्स फ्रम एक्टर्स स्टुडियो’ को प्रस्तुतिमा रहेको नाटकमा सोही स्टुडियोबाट उत्पादित कलाकार प्रभाव शाही ठकुरी, आयुष्मा मगर, सन्देश बम, राजन पुरी, जीवन गौतम, प्रेमप्रकाश केसी, सन्तोषवीर सिंह बस्नेत, सृष्टि भट्टराई, यज्ञ राजवर, विशाल पुलामी, शिवदास गुरुङ र विकास खड्का लगायत कलाकारको अभिनय रहँदै आएको छ ।

नाटकमा नेपालको पश्चिम तराईमा यदाकदा भेटिने सपेरा जातिको जनजीवन देख्न सकिन्छ । गत २७ जेठबाट नियमित मञ्चन सुरु भएको नाटक असार १९ गतेसम्म मञ्चन हुने ‘स्टुडियो थिएटर नेपाल’ ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण