चलचित्र पत्रकार संघका महासचिवले दिए राजीनामा
शुक्रबार, ०३ असार २०७९, ११ : १०
चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । यौन दुर्व्यवहारको आरोपमाथि छानविन गर्न सजिलो होस् भनेर बलामीले राजीनामा दिएको चलचित्र पत्रकार संघले जनाएको छ ।
संघका अध्यक्ष दिनेश सिटौलाले एक विज्ञप्ति जारी गर्दै बलामीको राजीनामा स्वीकृत भएको जनाएको छ । बलामीले राजीनामा दिएपछि संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राजीनामा स्वीकृत गरेको हो ।
६ वर्ष अघि संघको चुनावका क्रममा महिला पत्रकारलाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप उनी माथि छ । ती महिला पत्रकारले केही दिन अगाडि आफु माथि दुर्व्यवहार भएको भन्दै चलचित्र पत्रकार संघको पुरस्कार नदिने घोषणा गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण