लोकसेवामा नक्कली परीक्षार्थीको सेटिङ, एक शिक्षक पक्राउ
पोखरा-२४ कास्कीकोटका एक जना शिक्षकले पनि लामो समयदेखि नक्कली परीक्षार्थी लगाएर परीक्षा दिने गरेको खुलेको छ ।
कास्कीकोटका कालिका माविका उपप्रधानाध्यापकसमेत रहेका दीपेन्द्र बस्ताकोटीले आफ्नै विद्यालयका विद्यार्थी लगाएर परीक्षा दिन लगाउने र उनले पनि आफै परीक्षा दिँदै आएको खुलेको हो ।
उनले लोकसेवा आयोगको परीक्षा दिन फाराम भरेका परीक्षार्थीसँग लाखौं रुपैयाँ लिने र आफ्ना विद्यार्थी लगाएर उनीहरुको परीक्षा दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत १९ चैतमा हेटौंडामा भएको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी फेला परेपछि अनुसन्धानका क्रममा बस्ताकोटी ट्रयापमा परेका हुन् ।
रेडक्रसले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा सहभागी गराउने भन्दै लैजाने गरेको विद्यालयले जनाएको छ । प्रधानाध्यापक ईश्वरीप्रसाद बस्ताकोटीले विद्यालयबाट सधैँ विद्यार्थी हाजिरी जवाफका लागि भनेर लैजाने गरेको बताए । ‘हाजिरी जवाफ भनेर लैजानुहुन्थ्यो । कहिले १५ जना हुन्थे । कहिले १० जना हुन्थे । हाजिरीजबाफ भनेपछि संख्यातिर ध्यान दिएनौँ,’ उनले भने, ‘स्थायी विज्ञान शिक्षक । आफै पनि भद्र मान्छे भएकोले त्यस्तो गर्नुहोला भन्ने कल्पना गरेकै थिएनौं ।’
१९ चैतमा सोही विद्यालयमा पढ्ने एक छात्रालाई उनले हाजिरी जवाफका लागि भनेर लगेका थिए । ‘काठमाडौं भनेर लैजानुभएको हो । त्यहाँबाट सरुवा भयो भनेर हेटौंडा लग्नुभयो । १९ चैतमा परीक्षा दिएर आएँ,’ उनले भनिन्, ‘हामी उही दिन फर्कियौँ । डेढ घण्टाको परीक्षा दिएको हो । त्यसपछि धेरै पटक परीक्षाको रिजल्ट मागेँ, दिनुभएन । परीक्षाको रिजल्ट सोधेपछि आउनै छोड्नुभयो ।’
बस्ताकोटी अहिले पुर्पक्षका लागि मकवानपुर कारागारमा थुनामा छन् । उनले एउटै सक्कली परीक्षार्थीबाट २० देखि ३० लाखसम्म लिने गरेको बताइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण