वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिबार, ०४ असार २०७९, ०९ : १२
वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राती १० बजेको समयमा मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुने पैदलयात्री हुम्लाको चङ्खेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ ।
ठक्कर पछि घाइते ऐडीलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । प्रहरीका अनुसार ऐडीलाई शुक्रबार साँझ १०ः४५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीले मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २४ वर्षीया हिक्मत मल्ललाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण