नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनादेखि ताला
नेपाल संस्कृत विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन्। विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गरेका छैनन्।
नेपाल विद्यार्थी संघले ११ बुँदे माग राखी गएको वैशाख १९ गते दाङको बेलझण्डीस्थित विश्वविद्यालयको मुख्यालयमा तालाबन्दी गरेका थिए। तालाबन्दी गर्नुअघि नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले विभिन्न चार सूत्रीय माग राखी आन्दोलन गर्ने चेतावनी दिएको थियो। प्रपासंघले पुस १ गते कुलपति एवं प्रधानमन्त्री देउवालाई सम्बोधन गरी पत्र पठाएको थियो। पत्रमा विश्वविद्यालय सभाको रिक्त पदहरूमध्ये प्रासंघको तर्फबाट प्राचार्यमध्येबाट एक र सम्बन्धन प्राप्त विद्यापीठको प्राचार्यमध्येबाट एकजना गरी दुई जना नियुक्त गर्नुपर्ने र विश्वविद्यालयका तीन पदाधिकारीसहित पाँच जनाको कार्यकारी परिषद्मा दुई जना संघबाट सिफारिस गरी आगामी सभामा पेस गर्ने गरी पत्राचार गर्नुपर्ने पनि उल्लेख थियो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण