ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले राष्ट्रियता, सुशासन र विकासका क्षेत्रमा असाधारण काम गरेको दाबी गर्दै सुकुमबासी छाप्रा भत्काएर र सामाजिक सञ्जालमा हल्ला गरेर मात्रै देश नबन्ने बताएका छन्।
बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामहरूलाई छायामा पार्ने गरी कुप्रचार भइरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
ओलीले आफ्नो कार्यकाललाई ‘स्वर्ण युग’ को संज्ञा दिँदै नाकाबन्दीको डटेर सामना गरेको, चीनसँग पारवहन सम्झौता गरेको, देशको गुमेको भूभाग समेटेर चुच्चे नक्सा जारी गरेको र त्यसलाई संविधानको अङ्ग बनाएको जस्ता कामको फेहरिस्त प्रस्तुत गरे।
‘देशको भूभाग समेटेर नक्सा जारी गर्यौँ, हाम्रा नदीहरूबाट बङ्गालको खाडीसम्म साना जहाज चलाउने र समुद्रको उपयोग गर्ने कुरा गर्यौँ, देशमा रेल चलायौँ, के यो हाम्रो गल्ती हो ?’ ओलीले प्रश्न गर्दै भने– ‘यति धेरै काम गर्ने पार्टी कसरी अनपपुलर (अलोकप्रिय) हुन्छ ? हामीलाई जसरी अलोकप्रिय गराउन खोजिएको छ, त्यो सम्भव छैन।’
ओलीले मधेस आन्दोलनलाई संवादबाटै समाधान गरेको तथा विप्लव र सिके राउतहरूलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको स्मरण गराउँदै देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयासलाई एमालेले असफल पारेको बताए। उनले जातीय राज्य र पहिचानको राजनीतिका नाममा समाजलाई बाँड्ने काम एमालेलाई स्वीकार्य नभएको स्पष्ट पारे। ‘हामीले साम्प्रदायिकता भनेको होइन, विद्वेष भनेको होइन। हामी समानतामा आधारित राष्ट्रिय एकता चाहन्छौँ,’ ओलीले भने, ‘जातजातका नाममा राज्य नबनाएर हामीले गल्ती गरेका छैनौँ। यसले केही मान्छे बिच्किए पनि हामी सही बाटोमै छौँ।’
पछिल्लो समय काठमाडौँ महानगरपालिका लगायतका स्थानमा भइरहेका डोजर कारबाहीतर्फ इङ्गित गर्दै ओलीले नयाँ भनिएका शक्तिहरूमाथि कडा प्रहार गरे। उनले कुनै पनि वैकल्पिक व्यवस्था नगरी मानवीय संवेदनाहीन भएर गरिबका घर भत्काउने काम भइरहेको आरोप लगाए।
‘गरेका केही पनि छैन, सुकुमबासीका छाप्रा भत्काउने, अर्काका घर भत्काउने, विकल्प नसोच्ने अनि सामाजिक सञ्जालको प्रयोग गर्दै गौरवका साथ अगाडि बढेको देखाउने ?’ ओलीले आक्रोश पोख्दै भने, ‘आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएका यस्ता तत्त्वहरू ठुला कुरा गर्दै जनतामा जाने तर देश बनाउने हामीले चाहिँ केही गर्न सकिएन भनेर खुम्चिने हुँदै होइन।’
भूकम्पपछिको पुनर्निर्माणमा एमालेले २८ हजार अस्थायी घर र १३ सय भन्दा बढी विद्यालय निर्माण गरेर ऐतिहासिक जनसेवा गरेको कुरा उनले स्मरण गराए। त्यस्तै, ज्येष्ठ नागरिकको भत्ता सय रुपैयाँबाट सुरु गरेर चार हजार पुर्याएको जस पनि एमालेलाई नै जाने उनको भनाइ थियो।
भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु लगायतका काण्डमा अरूले भ्रष्टाचार गरेको तर त्यसको दोष एमालेको टाउकोमा हाल्ने षड्यन्त्र भइरहेको भन्दै ओलीले त्यस्ता भ्रमहरूलाई चिरेर अगाडि बढ्न सिङ्गो पङ्क्तिलाई निर्देशन दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण