सरकारका सय दिन
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
शनिबार, २० असार २०८३, १६ : २७
सारांश
- सरकारले हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु गरेको छ ।
- हालसम्म २ लाख ६ हजार ३ सय ३० थान राहदानी सम्बन्धित जिल्ला प्रशासनमा ढुवानी गरिएको छ ।
- २३ लाख ७५ हजार एक सय ८१ थान चालक अनुमति पत्रको छपाइ सम्पन्न भइसकेको छ ।
काठमाडौँ । सरकारले दुई लाख ६ हजार ३ सय ३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासनमा ढुवानी गरेको बताएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले शनिबार सरकारका सय दिने प्रगति सार्वजनिक गर्दै २ लाख ६ हजार ३ सय ३० थान राहदानी घरमै पुर्याइएको बताए । हाल २३ लाख ७५ हजार एक सय ८१ थान चालक अनुमति पत्र छपाइ सम्पन्न भइसकेको बताए ।
असार मसान्तसम्म २९ लाख छपाइ सम्पन्न गरिने उनले बताए । हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु गरिएको समेत उनले बताए । सय दिनमा सरकारले एक हजार पाँच सय बढी राजनीतिक नियुक्ति खारेज गरेको समेत मन्त्री पोखरेलले बताए । उनले हेलो सरकारमार्फत १० हजार ९ सय ३२ गुनासो प्राप्त भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण