एन्फा कार्यसमितिमा पनि नेम्वाङलाई स्पष्ट बहुमत, नेपाल नफर्कने अलमुताईरीको संकेत
मङ्गलबार, ०७ असार २०७९, ०५ : ५७

अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा चुनिएका पंकजबिक्रम नेम्वाङले कार्यसमितिमा स्पष्ट बहुमत प्राप्त गरेका छन् । फुटबल संघको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङले अधिकांश पदाधिकारी सहित केन्द्रिय कार्यसमितिमा बहुमत हासिल गरेका हुन् ।
२१ सदस्यीय कार्यसमितिमा नेम्वाङ प्यानलका १२ जनाले र शेर्पा प्यानलबाट एक उपाध्यक्ष सहित ७ जनाले चुनाव जितेका छन् । दुई जना खुल्ला केन्द्रिय सदस्यको भने टुङ्गो लागेको छैन ।
एन्फा नेतृत्वमा नेम्वाङ आएसँगै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन्।
गत वर्षको साउनमा अलमुताइरीले नेम्बाङको कारण देखाएर राजीनामा घोषणा गरेपछि विवादमा तानिएका थिए ।