एन्फा कार्यसमितिमा पनि नेम्वाङलाई स्पष्ट बहुमत, नेपाल नफर्कने अलमुताईरीको संकेत
मङ्गलबार, ०७ असार २०७९, ०५ : ५७
अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा चुनिएका पंकजबिक्रम नेम्वाङले कार्यसमितिमा स्पष्ट बहुमत प्राप्त गरेका छन् । फुटबल संघको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङले अधिकांश पदाधिकारी सहित केन्द्रिय कार्यसमितिमा बहुमत हासिल गरेका हुन् ।
२१ सदस्यीय कार्यसमितिमा नेम्वाङ प्यानलका १२ जनाले र शेर्पा प्यानलबाट एक उपाध्यक्ष सहित ७ जनाले चुनाव जितेका छन् । दुई जना खुल्ला केन्द्रिय सदस्यको भने टुङ्गो लागेको छैन ।
एन्फा नेतृत्वमा नेम्वाङ आएसँगै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन्।
गत वर्षको साउनमा अलमुताइरीले नेम्बाङको कारण देखाएर राजीनामा घोषणा गरेपछि विवादमा तानिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण