कति छ आज सुनचाँदीको मूल्य ?
मङ्गलबार, ०७ असार २०७९, १० : ५४
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा आज कारोबार हुने जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । हिजो सोमबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।
यसैगरी, आज चाँदीको कारोबार मूल्य समेत स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ छ । हिजो समेत चाँदीको कारोबार मूल्य यही कायम थियो ।
महासंघका अनुसार आजसम्म लगातार ५ दिनसम्म सुनको मूल्य ९७ हजार रुपैयाँ आसपास तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण