रवि लामिछानेलाई लक्षित गर्दै एमाले महासचिवले भने -'चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन'
बुधबार, ०८ असार २०७९, ०९ : २९
नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् ।
रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन् -'निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।'
चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा प्रवेश गरेसँगै उनले घोषणा गरेको पार्टी र सिद्धान्तलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुले टिकाटिप्पणी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण