१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
सारांश
- नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छाले पार्टीभित्र असन्तुष्टि बढेको छ ।
- बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ र मन्त्रीहरूले उपलब्धि सार्वजनिक गरेका छन् ।
- कोशी प्रदेशको सार्वजनिक लेखा समितिले मुख्यमन्त्री कार्यालयलाई परामर्शदातामा जथाभावी खर्च नगर्न निर्देशन दिएको छ ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रम समेटेर रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ ।
१. नेतृत्व हस्तान्तरणमा अनिच्छा
गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा वामपन्थी दलले ठुलो धक्का खाएपछि नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताको आधारमा राजीनामा दिने धेरैको अपेक्षा थियो । यस विपरीत ओली–प्रचण्ड दुवैले आफ्नो राजीनामा माग्नेलाई चुनौती दिए ।
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएको आज १०० दिन पूरा भएको छ । सरकारमा रहेका सबै मन्त्रीहरूले आज सम्बन्धित मन्त्रालयको सयदिने उपलब्धि सार्वजनिक गरेका छन् । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन गरी सरकारको सयदिने उपलब्धि सार्वजनिक गरेका थिए ।
३. ‘कन्सल्टेन्ट मोह’
कोशी प्रदेशको सार्वजनिक लेखा समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कर्मचारी संयन्त्रको उपयोग नगरी परामर्शदाता (कन्सल्टेन्ट) का नाममा जथाभावी खर्च नगर्न निर्देशन दिएको छ।
४. खानी र खनिज क्षेत्रमा सरकारको कडाइ
बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले देशका विभिन्न भूभागमा रहेका खानी तथा खनिज क्षेत्रको उत्खनन र नियमनमा कडाइ सुरु गरेको जनाएको छ ।
५. सरुवा
सरकारले ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो । यस्तै, केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।
सशस्त्र प्रहरी बल (एपीएफ) ले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णयअनुसार प्रशासनिक आवश्यकता र संगठनको हितलाई ध्यानमा राखी सरुवा गरिएको जनाइएको छ ।
६. अनुगमन
गृहमन्त्री सुधन गुरुङ शनिबार बिहान विराटनगर आइपुगेका छन्। शुक्रबार नै उनी कोशी प्रदेशको छड्के अनुगमनमा निस्किएको चर्चा चले पनि शनिबार बिहान मात्रै उनी हवाई मार्ग हुँदै विराटनगर ओर्लिएका हुन्।
७. अन्तर्वार्ता
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले डा. थापालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् । यसअघि उनी काठमाडौं विश्वविद्यालयको उपकुलपतिसमेत भइसकेका छन् । यसै सन्दभर्ममा त्रिवि उपकुलपति प्राडा थापासँग गरिएको कुराकानीको अंश:
८. स्वास्थ्य/ जीवनशैली
गर्मीयाममा तापक्रम बढ्दा हावा सुक्खा हुन्छ। यसले गर्दा श्वास फेर्दा नाकको भित्री तह (म्युकस लेयर) सुक्खा भएर चिलाउने वा पोल्ने हुन सक्छ। यसकारण रक्तनलीहरू फुटेर कहिलेकाहीँ नाकबाट रगत बग्न सक्छ। यसलाई चिकित्सा विज्ञानको भाषामा ‘एपिस्ट्याक्सिस’ भनिन्छ।
९. फिफा विश्वकप
रातोपाटीको फिफा विश्वकप २०२६ विशेष सामग्रीहरु ः
१०. अनुवाद
गत जुन १० तारिखदेखि नरेन्द्र मोदी भारतमा लगातार सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री बनेका छन्। यससँगै उनले भारतीय स्वतन्त्रता आन्दोलनका नायक जवाहरलाल नेहरुको लगातारको कार्यकालभन्दा बढी अवधि शासन गरेका छन्।
रुसी सेना यस वर्षको अन्त्यसम्ममा युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रको बाँकी २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा ल्याउने लक्ष्यमा छ। तर किभका अनुसार, मस्को यसअघि तोकिएका १४ वटा समयसीमाका लक्ष्य पूरा गर्न असफल भइसकेको छ।
११. दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
१२. शनिबार विशेष सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण