फिफा विश्वकप २०२६
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
आइतबार, २१ असार २०८३, ०० : ०६
सारांश
- क्यानडा र मोरक्कोबिच जारी खेलको दोस्रो हाफमा मोरक्कोले सुरुवाती अग्रता लिएको छ ।
- खेलको ५०औँ मिनेटमा मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले उत्कृष्ट गोल गरे ।
- यस गोलसँगै मोरक्कोले क्यानडाविरुद्ध १-० को अग्रता बनाएको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत क्यानाडा र मोरक्कोबिच ह्युस्टन रंगशालामाजारी खेलको दोस्रो हाफमा मोरक्कोले सुरुवाती अग्रता लिएको छ ।
खेलको ५० औँ मिनेटमा मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाएका हुन् ।
उक्त गोलका लागि मोरक्कोका डिफेन्डर अचराफ हाकिमीले सुन्दर पास (असिस्ट) उपलब्ध गराएका थिए ।
यसअघि खेलको पहिलो हाफ निकै आक्रामक र प्रतिस्पर्धात्मक रहे पनि गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुवै टोलीले दबाब सिर्जना गर्ने प्रयास गर्दा कुल ६ वटा पहेँलो कार्ड देखाइएको थियो । क्यानाडाका रिची लारिया र जोनाथन डेविडले पहेँलो कार्ड पाएका थिए भने मोरक्कोका तर्फबाट गोलकर्ता अज्जेदिन औनाही, अचराफ हाकिमी, एन. हाल्हाल् र बिलाल एल खानौसले पहेँलो कार्ड पाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण