रारामा एक वर्षमा १० हजार पर्यटक
जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा १० हजार पर्यटकले घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए ।
कोरोना महामारीले शिथिल बनेको रारा महामारी घटेपछि एक वर्षमा रारा घुम्ने आन्तरिक पर्यटकको संख्या १० हजार नाघेको हो । पोखरा, काठमाडौं, विराटनगर, चितवन, पाल्पा, भक्तपुर, भैरहवालगायत जिल्लाका आन्तरिक पर्यटकले रारा भ्रमण गरेका छन् भने बेलायत र अमेरिका लगायतका मुलुकका बाह्य पर्यटक रारा अवलोकन गर्न आएका छन् ।
अमेरिका, अस्ट्रेलिया र बेलायतका राजदूतसहित प्रदेश तथा संघीय मन्त्रालयका सचिव उपसचिव विदेशी कूटनीतिक नियोगका कर्मचारी गैरसरकारी संस्थाका कर्मचारी पनि यो वर्षमा रारा भ्रमण गरेका छन् । अधिकांश आन्तरिक पर्यटक स्थलमार्ग र केही हवाईमार्गबाट रारा घुम्न आएको निकुञ्ज अधिकृत दाहालले बताए । विदेशी पर्यटक भने जहाजबाटै रारा आएको उनले बताए । उनले भने अझै दसैं–तिहारमा रारा घुम्न आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।
रारामा पर्यटकीय सुविधायुक्त होटेल अभावका कारण घुम्न आएका पर्यटकलाई गाँसबासको समस्या झेल्नु परेको छ । अर्कोतिर मुगुमा भरपर्दो हवाई सेवा नहुँदा पर्यटकलाई इच्छा अनुसार आउजाउ गर्न कठिन हुने गरेको छ । रारा जोडने गमगढी नाग्मा सडक पक्की नहुँदा पर्यटक सास्ती हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण