मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

आदिपुरुषलाई प्रभासले मागे १२० करोड

बिहीबार, ०९ असार २०७९, ०८ : ४८
बिहीबार, ०९ असार २०७९

प्रभास दक्षिण भारतीय फिल्मको मात्र नभई बलिउडका लागि पनि चिनिएका अभिनेता हुन् । उनले फिल्म ‘बाहुबली’मार्फत भारतसँगै विश्वभर लोकप्रियता कमाए । उनको फिल्म हेर्न जोकोही लालयित हुन्छन् । हालका दिनमा उनी नयाँ फिल्म ‘आदिपुरुष’का कारण चर्चामा छन् । 

प्रभासले फिल्म ‘आदिपुरुष’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । उनले निर्मातासँग १ सय २० करोड भारु पारिश्रमिक मागेका छन् । जबकी यसअघि उनले ९० देखि १०० करोड भारु पारिश्रमिक बुझ्दथे ।

प्रभासको मागले निर्माताहरु सशंकित छन् । किनकी फिल्मका लागि अझै पनि केही दृश्य खिच्न बाँकी नै छ । प्रभासको मागले फिल्मको बजेट थप २५ प्रतिशत बढ्ने निर्माताहरुले उल्लेख गरेका छन् ।

प्रभास अभिनित सन् २०१९ को फिल्म ‘साहो’ र यसै वर्ष रिलिज फिल्म ‘राधे श्याम’ बक्स अफिसमा असफल साबित भइसकेको छ । दुई फिल्म फ्लप हुँदा पनि प्रभासले पारिश्रमिक किन बढाए भन्ने कुरामा निर्माता चकित परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप