आयुर्वेद केन्द्रमा न औषधि पाइन्छ, न कार्यलय प्रमुख भेटिन्छन्
जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोरागाउँमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेदिक औषधि नै नभएको पाइएको छ।
स्वास्थ्य केन्द्रमा अनिवार्य २३ प्रकारका आयुर्वेदिक औषधी हुनुपर्ने हो । तर कुनै पनि औषधि नभएको विरामीले गुनासो गरेका छन् । औषधि नभएपछि खाली हात फर्किनु परेको सोही वडाकी उमा विकले गुनासो पोखिन। उमा एउटा मात्र पात्र मात्रै हुन्, दर्जनौं विरामी औषधि नपाएर रित्तो हातमा फर्कन बाध्य छन् । केन्द्रमा दैनिक ३० देखि ५० जनासम्म बिरामी उपचार गर्न आउने गरेको उनी बताउँछिन् ।
केन्द्रमा सबैभन्दा बढी दीर्घरोगीहरू उपचारका लागि जान्छन् । स्वास्थ्यकर्मीले चेक मात्रै गर्दै आइरहेका छन् । औषधि छैन भन्दै पठाउने गरेको स्थानीय लक्ष्मण देवकोटा बताउँछन् । उनले पछिल्लो समय आयुर्वेद औषधिप्रति बिरामीको आकर्षण बढे पनि औषधि नहुँदा मर्कामा परेको बताए ।
जिल्लामा आयुर्वेद औषधालयसमेत नहुँदा बिरामी सुर्खेत र नेपालगन्जबाट औषधि मगाएर सेवन गर्नुपर्ने बाध्यतामा छन् ।
केन्द्र ५ महिनादेखि प्रमुख विहीन अवस्थामा छ । तत्कालीन कार्यालय प्रमुख देवेन्द्र ठाकुर सरुवा भए गइरहेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले बुधवार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटालाई आयुर्वेदिक स्वास्थ्य केन्द्र हेर्न जिम्मा दिएको छ ।
कार्यालय प्रमुख नहुँदा आर्थिक र प्रशासनिक काम पनि ठप्प भएको कर्मचारीहरूको भनाइ छ । वैद्य गोरखबहादुर रावतले औषधि सकिए पनि खरिद गर्ने अधिकार नभएको बताए । ५ महिनाअघि ल्याएको औषधि, प्रयोगशालाका सामान र फर्निचरको भुक्तानी गर्न सकस भएको छ। पहिले खरिद गरेको औषधि सबै सकिएको जनाए । ५ महिनादेखि आफूहरूले तलबसमेत नपाएको उनको गुनासो छ ।
नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्थापना भएको स्वास्थ्य केन्द्र धरापमा पर्दा पनि स्थानीय सरकार मौन बसेको स्थानीय अगुवा राजुशरण न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण