नलगाड नगरपालिकाले एकल पुरुषलाई विधुर भत्ता दिने
जाजरकोटको नलगाड नगरपालिकाले ६० वर्षमाथिका विधुर पुरुषलाई भत्ता दिने निर्णय गरेको छ । बिहीबारको कार्यपालिका बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।
आगामी आर्थिक वर्षदेखि त्यो लागू हुनेगरी उक्त नियम जारी गरिएको छ । पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने बित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ । जसले उनीहरू बिचल्लीमा परेको देखिन्छ । अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएका छन् ।
एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको नगरप्रमुख डम्बर रावतले बताए । नगरपालिकाको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले सो निर्णय गरेको थियो । त्यस्तै बैठकले गर्भवती र सुत्केरीलाई नि:शुल्क रूपमा यातायात सेवा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
नगरपालिकाको एम्बुलेन्स सेवा अब सुत्केरी तथा गर्भवतीको लागि निःशुल्क रूपमा प्रयोग हुने भएको हो । आर्थिक अभावकै कारण धेरै महिलाले सुत्केरी हुन नसकेर समस्या भोगिरहेको भन्दै यस्तो निर्णय गरिएको अधिकृत गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण